साउन १ गतेदेखि सबै सशुल्क विदेशी च्यानल बन्द हुने


काठमाडौं । साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ ।

सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै विभागले सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्याकेज बनाएर छुट्टा–छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो ।

यो जानकारीपछि विभागले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको छ।

प्रकाशित : २०८० असार ३०, शनिबार ०८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ