चार महिलाले लिइन् मुढा बनाउने तालिम


जयनाथ यादव,सिरहा। नवराजपुर गाउँपालिका ५ मेन्हामा चार जना महिलालाई मुढा बनाउने शिप विकास तालिम प्रदान गरिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमी बनाउने उदेश्यले मुढा बनाउने शिप विकास तालिम दिइएको हो । ३० जनालाई तालिममा सहभागी गराउने भनिएको थियो । तर चार महिला मात्र तालिम लिएकी छन् ‌।

नेपाल सरकार उधोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र नवराजपुर गाउँपालिको आयोजनामा १५ दिने तामिल संचालन भएको थियो । समापन कार्यक्रममा लघु उद्यम शाखा प्रमुख तथा कार्यक्रम उद्यम विकासको सहजकर्ता भोगेन्द्र कुमार यादवले गरिबी निवारणको लागी नै कार्यक्रम संचालन भएको बताए । महिलाहरुलाई स्वरोजगार बनाउन यस तालिमले महत्पुर्ण भुमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

यादवले स्वरोजगार मुलक ज्ञान र सिपले गाउँ टोलको मात्र नभएर सिगों राष्ट्रकै विकास र समृद्धिमा टेवा पुग्ने तथा शिपको माध्यमले आयआर्जनसँगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने पनि बताए ।

प्रकाशित : २०८० फाल्गुन २१, सोमबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ