स्काउटको ७३ औं स्थापना दिवस: मधेशमा सरसफाई, बृक्षारोपण र प्रभातफेरी


जनकपुरधाम । ७३ औं स्थापना दिवसको अवसरमा नेपाल स्काउट मधेश प्रदेश कार्यालयले विभिन्न जिल्लामा सरसफाई, बृक्षारोपण तथा प्रभातफेरी कार्यक्रम गरेको छ ।

दिनेश यादव आयुक्त नियुक्त भएदेखि मधेश प्रदेशमा स्काउटको सामाजिक क्रियाकलाप बढेको हो । उनले स्काउटको स्थापना विदसको अवसरमा स्थापना दिवसमा सरसफाई, बृक्षारोपन तथा प्रभातफेरीसँगै हाजिरीजवाफ प्रतियोगिता र बक्तृत्वकला प्रतियोगिता पनि गरेका छन् ।

वि. सं. २००९ आषाढ ५ गते आधिकारीक रूपमा नेपालमा सुरू भएको स्काउट आज देशका ७५३ पालिकामा पुग्न सफल भएको छ ।

आज आषाढ ५, नेपाल स्काउट स्थापना भएको ७३ वर्ष पुरा भएको उपलक्ष्यमा देशको विभिन्न ठाउँमा पनि स्काउटले विभिन्न क्रियाकलाप गरी स्थापना दिवस मनाएको छ ।

 

प्रकाशित : २०८१ असार ५, बुधबार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ