गर्भवतीले बिहान खाली पेट के खानु हुँदैन ? जानौं


एजेन्सी । गर्भावस्थामा खानपानको विशेष ख्याल राख्नु जरुरी हुन्छ । आउनुहोस्, जानौं गर्भवतीले बिहान खाली पेट के खानु हुँदैन ?

चिया र कफी : चिया र कफीमा क्याफिनको मात्रा धेरै हुन्छ र यसलाई तातो पिउनु पर्ने हुन्छ । यो खाली पेट पिउँदा शिशुलाई नोक्सान हुन्छ । साथमा यसले पेट सम्बन्धित विभिन्न समस्या पनि बढाउँछ ।

अमिला फल : गर्भावस्थामा खाली पेट अमिला फल पनि खानु हुँदैन । यसले ग्यास बन्न सक्छ । चिसोका कारण रुघाखोकी लाग्ने सम्भावना पनि हुन्छ ।

चिल्लो खाना : गर्भावस्थामा खाली पेट चिल्लो तथा तारेको खानाबाट बच्नुपर्छ । यसले शरीरमा पोषक तत्वको कमी हुन्छ । साथमा यसले पेटमा पाचनसम्बन्धी समस्या ल्याउन सक्छ ।

ब्रेड वा बिस्कुट : गर्भावस्थामा खाली पेट ब्रेड वा बिस्कुट नखानुहोस् । यसले आन्द्रामा समस्या हुन्छ र शिशुमा पनि नराम्रो असर पर्छ । खाली पेट मात्र नभएर अन्य समयमा पनि ब्रेड बिस्कुट नखानु नै उपयुक्त हुन्छ ।

मैदा : गर्भावस्थाको बेला खाली पेट वा कुनै पनि बेला मैदाले बनेका चीज खानुहुँदैन । यस्ता चीजहरु खाँदा आन्द्रा र शिशु दुवैमा नराम्रो असर पर्छ ।

प्रकाशित : २०८१ असार १६, आईतवार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ