नेपालभन्दा भारतमा सुनको मूल्य प्रतितोला १८ हजार सस्तो


काठमाडौं । छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।

भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ ।

बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपियाँ सस्तो भएको छ ।

मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपियाँमा कारोबार भएको छ ।

भारतको तुुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपियाँ महँगो छ ।

प्रकाशित : २०८१ श्रावण १०, बिहीबार १०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ