धर्मेन्द्र पासवान/लहान : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यबसन) नेपाल सिरहाको अध्यक्ष पदमा निर्विरोध पुनः उमेश चौधरी चयन भएका छन् ।
९ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा ‘लहान प्यारागन सेकेन्डरी बोर्डिङ स्कुल’ का सञ्चालक चौधरी अध्यक्ष पदका लागि दोस्रो कार्यकालका लागि निर्विरोध जिम्मेवारी पाएका हुन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा उमेश यादव, उपाध्यक्षमा धर्मेन्द्र यादव, सचिवमा सुरेश साह र काेषाध्यक्षमा खगेन्द्र लामा चयनित भएका छन् ।
खुला सेसन कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति सिरहाको सभापति दिनेश महतो र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल सिरहाको अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
प्रमुख अतिथिले ‘आजकल धेरै अभिभावकहरूले निजी विद्यालयहरूले शिक्षाको व्यापार गरिरहेको कुरा एकदम नै गलत रहेको बताएका छन् । उनले ‘यदि कसैले आफ्नो सम्पति राम्रो काममा लगानी गर्छ भने केही उपलब्धि त हुनुपर्यो नि ? त्यो गर्नु नराम्रो होइन । त्यो राम्रो पक्ष पनि हो ।’
गरिब दलित विपन्नको घरमा पनि राम्रो-राम्रो विद्यार्थीहरू छन् जो बोर्डिङ स्कुलमा पढ्न चाहन्छ । तर आर्थिक अभावले उनीहरूले पढ्ने अवसरबाट बञ्चित हुनुपर्ने कारण पनि अन्त्य गर्न निजी विद्यालयका सञ्चालकहरूलाई अनुरोध गरेका छन् ।
शिक्षामा देशमै मधेश प्रदेश धेरै पछाडी परेको कुरालाई वक्तव्यमा धेरै वक्ताहरूले दोहर्याएपछि जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकाश कुमार शारदाले आफ्नो जन्म दिन अंग्रेजी वर्षको जनवरीको १ तारिखमा भएकोले उनले आफ्नो हृदयबाट नै दलित वर्गको विद्यार्थीहरूलाई उच्च शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
उनले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) शाखा सिरहाले सिफारिस गरेको दुई जना दलित विद्यार्थीलाई निजी विद्यालयमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने उद्घोष गरेका थिए ।
‘म पनि यो देशको नागरिक छु र यो देशमा कर बुझाइरहेछु र यो मेरो स्वाभिमान पनि छ कि यहि देशको एउटा नागरिकको हैसियतले यहि समाजमा आफ्नो दायित्व पनि निभाउने विस्वास पनि राख्न चाहन्छु,’ अध्यक्ष शारदाले भनेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति मनोज बनैताले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को समाज परिवर्तनमा धेरै नै सकारात्मक भूमिका सराहनीय रहेको थियोे, रहेको छ र रहिरहने तर्क गरेका थिए ।
साथै उनले ‘निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले सामाजिक रुपान्तरणका लागि धेरै ठूलो भूमिका खेलेको छ । शिक्षामा देशको ७७ वटै जिल्लामा हामी ७२ स्थानमा छौं तर यो प्याब्सनको भूमिकाले गर्दा हामी ७७ औं भएनौं त्यसको श्रय प्याब्सनलाई जान्छ ।’
निजी विद्यालयहरूमा कार्यरत शिक्षकहरूको पारिश्रमिकको सवालमा निजी विद्यालयमा पनि पढाएर आफ्नो सानो भएपनि सपनाको घर निर्माण गर्न सक्ने तलब निजी विद्यालयहरूले आफ्नो शिक्षकहरूलाई प्रदान गरोस् भन्ने अनुरोध गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका लहान प्यारागन सेकेन्डरी बोर्डिङ स्कुल’ का सञ्चालक उमेश चौधरीले ‘हामी संगठन र विद्यालय चलाउँदा धेरै कुराहरू सम्झौता गर्नुपर्छ र म ‘जेसिस’को प्लेटफर्मबाट यहाँसम्म आइपुगेको छु । त्यसले गर्दा मेरो नेतृत्वले सबल नेतृत्व गर्नु र म सबल नेतृत्व गर्छु र आफैंबाट जे गर्दा पनि सुरुवात गर्छु त्यो चाहे नवीकरणको सवालमा होस् चाहे टेस्ट परिक्षाको सवालमा होस् । हामी सभ्य बनौं, राम्रो बनौं र बिबादमा नपरौं ।’
साथै उनले विपन्न र दलित विद्यार्थीहरूको सवालमा यथासम्भव छात्रवृत्ति उपलब्ध गराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) शाखा सिरहा पछाडी नपर्ने जिकिर गरेका थिए ।
कार्यक्रम विशिस्ट अतिथिहरूमा राष्ट्रिय परीक्षा बाेर्ड लहानका प्रमुख धनपति भेटवाल, प्याब्सन मधेश प्रदेश इन्चार्ज अनिल झा, विभिन्न संघ सस्था प्रतिनिधि, पत्रकार र जिल्लाका अधिकांश शिक्षाप्रेमीहरूको बाक्लो उपस्थित रहेका थियो ।