अर्जुन थपलिया
लहानमा आन्दोलनकारी किसानहरुले मेयर महेश चौधरीको पुतला प्रदर्शन गरे र आगो पनि सल्काए । तर पुतलामा लेखिएको दुई उपमा ज्यादै फोहोरी आरोप थियो । “ पहिलो आरोप केटी फकाउने मेयर ” “दोश्रो आरोप भ्रष्टाचारी मेयर ”
साहित्यमा पर्यायवाची शब्द प्रयोग गर्न जानेका आन्दोलनकारी भए केटी फकाउने मेयरको सट्टा “स्त्री लम्पट वा कामिनी आशक्त ” मेयर लेख्न सक्थे । तर आन्दोलनकारीहरुले साझो भाषामा फोहोरी उपमा भिडाइदिएका छन् । दिवंगत बिचारक साहित्य सुधाकर प्रदीप गिरि भन्थे “व्यक्ति कोसँग सम्बन्धमा छ र के खान्छ त्यो उसको व्यक्तिगत जीवन हो । त्यतापट्टी चियोचर्चो गर्नु हुँदैन ।” आन्दोलनकारीले पनि मेयर साहबको निजी जीवन खोतलेर सडकमा ल्याउन हुँदैन । उदाङ्गो पार्ने नै भए सप्रमाण उभिनु पर्छ । आन्दोलनकारीको “कामिनी पारखी ” मेयर भन्ने आरोपसँग म सहमत छैन । किनकी कुनै पनि दसी मैले भेट्टाएको छैन ।
मेयर चौधरीको पुतलाको अर्को बाहुलामा लेखिएको दोश्रो आरोप छ “उनी भ्रष्टाचारी हुन् । ” यो आरोप अदालतमा सावित गर्न प्रमाण चाहिन्छ । भ्रष्टाचार सम्बन्धी कसुरमा छानविन गर्ने र अभियोजन गर्ने निकायमा उजुरी हाल्नु पर्छ । अदालतमा मुद्दा दायर भएर पुर्पक्ष पश्चात दामल भए पछि मात्र भ्रष्टाचारी भन्न पाइन्छ । तर यो कानूनी प्रकृया हो । सडकमा अभिव्यक्त हुने जनमतलाई कसैले छेक्न सक्दैन । विद्वान प्रदीप गिरिले नै एक अन्तवार्तामा भनेका थिए “ जनताले कहिलेकाँही खुट्टाले भोट हाल्छन् । ” अर्थात सडकमा निस्केर जनमत प्रदर्शन गर्छन् । राजनीतिमा त्यो जनअभिव्यक्ति भोट हाले सरह हुन्छ । लहानमा जनमत सर्भेक्षण गर्ने हो भने अहिले मेयर महेश चौधरी काञ्चन ९ पहेँलो द्रव्य ० लोलुप हुन् र उनले नेतृत्व गरेको नगरपालिकामा भ्रष्टाचार व्याप्त छ भन्ने कुरामा बलियो जनमत देखिन्छ । सडकमा पनि त्यही आवाज घन्की रहेको छ । महालेखा परीक्षकको प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनमा देखाएको चासोले पनि त्यसतर्फ इङ्गिध गर्छ ।
तेश्रो आरोप छ मदिरालयको यात्रा । यो एक प्रमाण जुटाउन वा दिनै नपर्ने खुला सत्य हो । जनवरी १ तारिखको उपलक्ष्यमा लहान आश्रममा गरिएको वनभोजमा नगरपालिकाको ढुकुटीबाट खर्च हुने तर फरक शीर्षकमा जस्केलाबाट भुक्तानी लिने गरी भएको खर्चले के देखाउँछ भने लहानमा मेयर चौधरीको वरिपरी घुम्ने अनुचरहरुको एउटा डफ्फालाई नै उहाँले “चोक्टा र मदक झोल ” को जाहो गर्नुपर्छ । यो नित्यचर्या हो । यसमा नगरपालिकाको धेरै बजेट खर्च हुन्छ । लहानका केही होटलहरुले लालमोहरीया पण्डा झैं कमाइ गर्न पाएका छन् । त्यसका लागि विविध शीर्षकमा खर्च लेखेर स्याहा श्रेष्ता मिलाउन नगरपालिकाका हाकिम र लेखालाई हम्मेहम्मे पर्छ । एक वर्षमा ३ करोड ६० लाखको खाजा खर्च त्यसकै परिणाम हो । चिनीको चास्नीमा कमिला डुबेर मरेजस्तै मदिराको आहालमा कार्यकर्ता पंक्ति , केही मिडियाकर्मी , समर्थक र जिल्लाका उच्च सरकारी अधिकारीहरुलाई पनि डुबाएर राखिएको छ । प्रहरी प्रशासनका अधिकारी र केही मिडियाकर्मीहरु यसरी लहान नगरपालिकामा उभिएका हुन्छन् जसरी मासु पसलमा श्वान उभिएको हुन्छ ।
मेयर चौधरीको चौथो विशेषता हो टिकटक लगायत सामाजिक सञ्जालमा गुलबी तस्विरहरु पोष्ट गर्ने । उहाँलाई त ज्ञात नहोला तर उहाँको वरिपरी तैनाथ सल्लाहकारहरुको एक जमातलाई राम्रोसंग थाहा छ “जनताको आँखामा छारो हाल्न अहिले गुलाबी तस्विरहरु सामाजिक सञ्जालमा बग्रेल्ती देखिनु पर्छ । ” त्यसकारण शौचालय गएको र बिस्तारामा शयनरत अवस्था बाहेक मेयर चौधरीको हरेक क्षण क्यामरामा कैद गर्न र सञ्जालमा पोष्ट गर्न थुप्रै कर्मीहरु परिचालित छन् । यता सडकमा किसानहरु सिंचाई नहर जोगाउन आन्दोलित छन् । उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्दुक र कठबाँसका लाठी देखाएर तर्साउँदै छन् । उता टिकटकमा मेयर चौधरी , सिरहाका सिडियो , एसपी र अन्य सुरक्षा अधिकारीहरु हर्षित मुद्रामा लय र कदमताल मिलाएर झुल्किन्छन् । जनताको मुटुमा मैदलको काँडा रोप्ने मेयर चौधरीको यो शैलीलाई “ब्लु लेवेल” कै भरमा स्थानीय प्रहरी प्रशासनले पनि राम्रै सघाएका छन् । टिकटकमा देखिने चलचित्रले भन्छ मानौ उनीहरु कुनै फिल्मका लागि अडिसन दिंदैछन् ।
मेयर चौधरीको यो प्रवृतिबाट नेपाली कांग्रेसको साख धूलिसात हुने छ तर सिरहाबाट सरुवा भएर जाने प्रहरी र प्रशासनका अधिकारीहरुको जिब्रो र नाकबाट धेरै दिनसम्म ब्लु लेवेलको स्वाद र सुगन्ध जाने छैन ।
मेयर चौधरीको पाँचौ विशेषता हो दान । दानले गरिबी घटदैन । दान विकास होइन । विशेष अवस्थामा कमजोर वर्गलाई बचाउन राहत दिनु राज्यको अल्प तथा त्वरित कार्यक्रम हो तर दान र रहातले विकासको अर्थ बौक्दैन । दानले क्षणभोगको सुख आनन्दको रमरम मात्र बोध गराउँछ । मेयर चौधरीलाई यति ज्ञात छैन, गरिबीको अन्त्य न्याय , समानता , विकासको अधिकार, उत्पादनको साधनमा पहुँच , रोजगारीको अधिकार र शोषण मुक्त आर्थिक सामाजिक परिवेशबाट हुन्छ । उनी दलित र गरिब बस्तीमा गएर केही थान कम्बल र केही किलो चामल बाँडेर सस्तो लोकप्रियता कमाउनमा अभ्यस्त छन् । जनतालाई स्वैर कल्पनाको रंगिन उडानमा उडाउन उनी दान गरेको भिडियो टिकटकमा हाल्छन् । मेयर महेश चौधरीलाई त चेत छैन तर उनका सल्लाहकारलाई थाहा छ विकास मृगमरिचिका होइन । विकासले परिवर्तन र वृद्धिको एक गतिशिल प्रकृयाको थालनी गर्नुपर्छ जसले जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्छ र विकासमा जनताको अभिरुची, सहभागिता र स्वीकारोक्ति सामेल हुनैपर्छ ।
मैले मेयर चौधरीका दुई प्रमुख निकटवर्ती सहकर्मी र नगरपालिकाका वैतनिक कर्मचारी ९ जो मेरा पनि मित्र र सहपाठी हुन् ० सन्तोष सुवेदी र सम्भु यादवलाई एक ÷एक प्रश्न सोधें । सम्भु यादवलाई सोधें “ लहान नगरपालिकाका मेयर चौधरीले गर्न चाहेको तर गर्न नसकेको तीनवटा काम भनिदिनुस् त रु” उनले पछि सोचेर जवाफ दिन्छु भने । सायद मैले गरेको काम सोधेको भए उनले लामै फेहरिस्त दिन्थे होलान् । तर प्रश्न उल्टाएर सोधेको उनी अवाक भए । गर्न चाहेर गर्न नसकेको काम बताउन नसक्नु उल्लेखनीय र दुरगामी प्रभाव पार्ने काम नभएको सूचक हो ।
त्यसैगरी मैले विद्वान अधिवक्ता , पत्रकार तथा सामाजिक इन्जिनियरिङ्गका ज्ञाता मेरा मित्र सन्तोष सुवेदीलाई सोधेको थिए , लहान नगरपालिकाको अहिले सञ्चालित परियोजना तथा कार्यक्रमहरुले यस क्षेत्रको गरिबीलाई घटाउँछ वा स्थिर राख्छ वा झन् बढेर जान्छ रु उहाँले पनि तथ्यांक केलाएर जवाफ दिन्छु भने ।
यी दुई प्रश्न स्थानीय तहहरुले गहिरिएर मनन् गर्ने र त्यसको जवाफ वा समाधान खोज्ने प्रश्न हुन् । लोकतन्त्र , गणतन्त्र , संघीयता र विकासको सारभुत कुराको जवाफ वा सार्थकता यी दुई प्रश्नमा अन्तर्निहित छ । टिकटकमा गुलाबी तस्विर पस्किदैमा जनता अल्मलिदैनन् । लहान नगरपालिकामा यसरी चिन्तन मनन् गर्ने योजनाकारहरु छन् कि छैनन् मलाई थाहा छैन । तर ब्लु लेवेलको रस्वादनमा पौडिनेहरुको जमात ठूलो छ ।
मेयर चौधरीको छैठो विशेषता उनी अहिले “बज्र बधिर” बनेका छन् । जनताको आवाज पटक्कै सुन्दैनन् । लोकतन्त्रमा जन आवाज नसुन्ने नेता भनेको “कसाई शासक ” कहलाउँछन् । जनतालाई अभिमान देखाएर नादिर शाह र निरो मात्र बन्न सकिन्छ । नादिर साहको दवारमा राति अवेरसम्म नृत्य देखाउने नृत्याङ्गनाहरुले घर कसरी जाने रु अन्ध्यारो छ महाराज भनेपछि उनले आदेश दिएका थिए “बाटोमा जति बस्ती छ सबैमा आगो सल्कई दिनु ।” नृत्याङ्गनाहरुलाई घर पु¥याउन उज्यालोको लागि मानव बस्ती जलाइएको इतिहास छ ।
लहानमा अहिले यस्तै दृश्य देखिन्छ । शहरियाहरुलाई खुशी पार्न मेयर चौधरीले किसानको लाइफलाइन नहर मास्दैछन् । यो पतनको बाटो उनले किन रोजेका हुन् थाहा छैन । आखिर ९ करोडको ठेक्कामा १ करोडभन्दा अधिक कमिसन त आउँदैन । त्यतिका लागि उनले आफ्नो राजनीतिक साख र पार्टीको समाजवादी नीति दुवैमाथि तरवार प्रहार गर्दैछन् । उत्पादनको मूलबाटो सिंचाईको नहर मासेर फगत शहरिया सौन्दर्यले जनताको पेट भरिदैन मेयर साहव । पार्टीको साख पनि मटियामेट हुन्छ । मेयर चौधरीसँग अब मात्र २ वर्ष बाँकी छ । यो अवधिमा उनी अब खासै चमत्कार गर्न सक्ने आशा त कमै छ तर पनि रसातलतिर जाने मार्ग नसमाएको भए हुन्थ्यो । भाहाभारतमा पितामह भीष्मले दुर्योधनलाई भनेका छन् , “ कालले रगतको पोखरी स्नान गर्ने निधो गरिसेको छ , त्यसकारण तिम्रो बुद्धि फेरिएन दुर्योधन ” । के कालले पतनको बाटोमा हिडाउने निर्णय गरेकै हो त रु