पत्रकार महासंघ सिरहाका नवनिर्वाचित कार्य समितिलाई एसओएस विद्यालयको सम्मान


धर्मेन्द्र पासवान,

लहान । नेपाल पत्रकार महासंघ सिरहा शाखाको नव निर्वाचित कार्यसमितिलाई स्कुल अफ स्कलरस् (एसओएस) लहानले विशेष सम्मान र मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रममा शान्तिको दुत भनेर चिनिने विद्यालय संचालक समितिका अध्यक्ष तथा निर्देशक सुदिपराज कुशवाहा र प्रमुख अतिथि दोस्रो कार्यकालका लागि पत्रकार महासंघ सिरहा शाखाको सभापतिमा निर्वाचित मनोज बनैताले संयुक्त रुपमा परेवा उडाएर उद्घाटन गरेका थिए ।

विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त गतिविधिमा सहभागी गराउन खेलकुद, विज्ञान प्रदर्शनी, कला तथा अन्य सृजनात्मक प्रतिस्पर्धाहरू समेटिएर दोस्रो विन्टर इभेन्ट्स २०८१ ले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्न ९एसओएस० ले एक कार्यक्रमको आयोजना गरि विद्यालयले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मानस्वरूप कदरपत्र प्रदान गर्दै आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सिरहाको सभापति मनोज बनैताले ुस्कूल स्कलरस्ु ९एसओएस० लहानको प्रशंसा गरेका छन् ।

विद्यालयले पत्रकार महासंघको नव निर्वाचित कार्यसमितिलाई विशेष सम्मान गरेपछि अध्यक्ष बनैताले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै शिक्षाक्षेत्रमा ुएसओएसु विद्यालयले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बनैताले भने- एसओएस विद्यालयले शिक्षाक्षेत्रमा पुर्‍याउँदै आएको योगदान अतुलनीय छ। यस विद्यालयले न केवल शैक्षिक क्षेत्रको उन्नति गरेको छ, तर समाजप्रति उत्तरदायी भूमिका पनि निर्वाह गरिरहेको छ । पत्रकारिता क्षेत्रमा गरेको सम्मान हाम्रो लागि प्रेरणादायी छ ।

उनले विद्यालयको शिक्षण पद्धति, विद्यार्थी अनुशासन तथा सामाजिक उत्तरदायित्वबारे प्रशंसा गर्दै यस प्रकारका संस्थाले समग्र समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । साथै, पत्रकारिता र शिक्षाबीचको सम्बन्ध मजबुत बनाउन नेपाल पत्रकार महासंघ सिरहा शाखाले आवश्यक सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रमका अध्यक्षता गरेका विद्यालय संचालक समितिका अध्यक्ष सुदिपराज कुशवाहाले पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै समाज परिवर्तनका लागि शिक्षासँगै सचेत पत्रकारिता पनि आवश्यक रहेको बताए ।

सम्मान समारोह विद्यालयको प्रांगणमा आयोजना गरिएको थियो, जहाँ विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, बौद्धिक व्यक्तित्व विद्यालय संचालक समितिका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने पत्रकार महासंघका अन्य पदाधिकारीहरूले पनि विचार व्यक्त गरेका थिए ।

प्रकाशित : २०८१ माघ २६, शनिबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ