मधेश प्रदेश क्रिकेट संघमा अनिल र पूजालाई कप्तानको जिम्मेवारी प्रदान

काठमाडौं । अनिल कुमार शाह र पूजा महतो मधेश प्रदेशको कप्तान नियुक्त भएका छन् ।

मधेश प्रदेश क्रिकेट संघले अनिललाई पुरुषतर्फ र पूजालाई महिलातर्फको कप्तानको जिम्मेवारी दिएको हो ।

यसअघि पुरुषतर्फ हरिशंकर शाह र महिलातर्फ सरस्वती चौधरी मधेशको कप्तानको रुपमा थिए ।

अनिलको कप्तानी जनकपुर बोल्ट्सले नेपाल प्रीमियर लिगको उपाधी जितेको थियो ।

पुजा नेपाली यु-१९ टोलीकी कप्तान हुन् । उनकै कप्तानीमा नेपालले यु(१९ महिला विश्वकप खेलेको थियो ।

प्रकाशित : 22 February 2025 9:39 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !