संविधान संशोधनबाट प्रदेशको संख्या हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत प्रदेशको संख्या हेरफेर गर्ने तयारी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेशको संख्या हेरफेर हुनसक्ने संकेत गरेका हुन् । उनले जनताले चाहेमा प्रदेशको संख्या घटाउन/बढाउन सकिने बताएका छन् ।

उनले भने, ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छन् । सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छन् । ६ वटा पनि हुनसक्छन् ।’

उनले प्रदेशको संख्या देश, विकास र जनताको आवश्यकता अनुसार सुधार हुने बताउँदै यस्ता कुरामा ‘रुवाबासी’ गर्न जरुरी नरहेको जिकिर पनि गरे ।

प्रकाशित : २०८१ फाल्गुन १०, शनिबार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ