होली खेल्न र मधेशी श्रमिकको समस्या बुझ्न दुबई पुगे उपेन्द्र यादव


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव होली खेल्न दुबई पुगेका छन् ।

अध्यक्ष यादव शनिबार साँझ दुबई पुगेका हुन् । उनी मधेशी एकता समाजको आयोजनामा हुने मधेशी समुदायको समस्याबारे अन्तरक्रिया र होली मिलन समारोहमा सहभागी हुने बताइएको छ ।

अन्तरक्रियामा दुबईमा कार्यरत मधेशी श्रमिकको सहभागिता रहनेछन् । उनीहरुको समस्याको पहिचान गरी समाधानको पहल अध्यक्ष यादवले गर्ने सो पार्टीका केन्द्रीय सदस्य डा. बबीसिंह यादवले जानकारी दिए ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार ०७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ