प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्षमा पिटाकोटे निर्विरोध, महासचिवमा उदासी


महोत्तरी । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौ अधिवेशनले निरज पिठाकोटेको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार महोत्तरीको बर्दीवासमा सम्पन्न अधिवेशनले पिठाकोटेको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो । अध्यक्ष चयन भएका पिठाकोट यस अघि प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य थिए ।

समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता (सप्तरी), उपाध्यक्ष रामएकबाल महरा (धनुषा), महासचिव जिवछ यादव ‘उदासी’ (सिराह), सचिव रमेश साह (बारा), ओमकिशोर चौधरी (रौतहट), रंजित पाण्डे (पर्सा), दिपेन्द्र यादव (सप्तरी) र कोषाध्यक्ष निरन्जन साह (महोत्तरी) निर्विरोध चयन भएका छन् ।

समितिको सदस्यमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार, सब्दर हुसैन, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोषकुमार लामा, सुमन लामा, उमेश धलान, मुकेशकुमार महतो र महेन्द्र सहनी निर्विरोध चयन भएका छन् । ।

महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले आगामी बैठकमा पदपूर्ती गरिने प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् मधेश प्रदेशका इञ्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार ११:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ