पूर्वराजा ज्ञानेन्द्रलाई बामदेवको सुझाव– चुनाव लडेर प्रधानमन्त्री बन्नुस्


काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले चुनाव लडेर प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई पुनः राजा बन्ने चाहना त्यागेर चुनावी प्रतिष्पर्धामा आउन पनि सुझाव दिएका हुन् । पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नहुने उनले बताए ।

गौतमले भने, ‘आफ्नै नेतृत्वमा पार्टी खोलेर २०८४ को निर्वाचनमा भाग लिन उचित हुन्छ । चुनाव जितेर प्रधानमन्त्री बन्नुस् । देशको चौतर्फी विकास र समृद्धि गरेर देखाइदिनुस् ।’

गौतमले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्य भएको आक्षेप पनि लगाए ।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यमाथि विभिन्न दलका सांसदहरुले पनि चासो देखाएका छन् ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ