काठमाडौं–तराई (मधेस) फास्ट ट्रयाक समयमा निर्माण भएन, समयावधि थपिने


काठमाडौं । काठमाडौं–तराई (मधेश) फास्ट ट्र्याक निर्माणको समयावधि थपिने भएको छ ।

नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिन आइतबार सैनिक मुख्यालयमा आयोजित कार्याक्रममा द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए ।

उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए ।

उनले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौं । गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरी हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुने कुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ ।’

असोज १२ र १३ गतेको भीषण वर्षाका कारण बख्खुबेंसीदेखि सिस्नेरीसम्मको फास्ट ट्र्याक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ । उपरथी शाहले रुख कटानको काममा बढी समय लागेको कारणले पनि काममा ढिलो भएको बताए ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार २१:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ