चुरे दोहन र मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्छौं : राजेन्द्र महतो


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन र मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

उनले चुरे दोहन, वन विनाश र मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेका आन्दोलनहरूका विषयमा परिषद् बैठकमा छलफल भएको बताए । भने, ‘संघर्षका सम्बन्धमा हामी यहाँ छलफल गरिरहेका छौं । आगामी दिनमा गरिने संघर्षका बारेमा आवश्यक निर्णय लिइनेछ।’

अध्यक्ष महतोले कोशी प्रदेश नाम खारेजीको संघर्ष, मधेस सरकारको वेथितिविरुद्धको संघर्ष, चुरे दोहन, गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष, उपत्यकाको गैरन्यायिक सडक विस्तार र खोला–नदी मापदण्डविरुद्धको संघर्षमा हाम्रो सहभागिता जारी रहने पनि बताएका छन् ।

प्रकाशित : 24 February 2025 5:02 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !