इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरण- अर्का इन्सपेक्टर जोशी पक्राउ


काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

ब्यारेकमै झुन्डिएको अवस्थामा इन्सपेक्टर सन्तोषी मृत फेला परेकी थिइन् । उनको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा सशस्त्र बलकै इन्सपेक्टर जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तत शर्माले जानकारी दिए । उनका अनुसार जोशीमाथि थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका इन्सप्क्टर जोशी २३ नं. गण तनहुँमा कार्यरत छन् । जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

प्रकाशित : 25 February 2025 9:32 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !