बालेनलाई प्रत्यक्ष राष्ट्रपति निर्वाचित बनाउने पक्षमा प्रचण्ड !


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका मेयर बालेन शाह प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा केही फरक नपर्ने बताएका छन् ।

तराई-मधेस जागरण अभियानको क्रममा रहेका उनले बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

बालेन, हर्क साम्पाङ प्रत्यक्ष राष्ट्रपति निर्वाचित भए के होला भन्ने प्रश्नमा प्रचण्डले भने, ‘के फरक पर्छ ? हर्क आए पनि फरक पर्दैन । बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु । त्यसबाट म दायाँबायाँ पनि छैन । उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु ।’

बालेन स्वतन्त्र रुपमा काठमाडौंको मेयरमा चुनाव जितेका छन् । काम गरेरै उनी जहिल्यै चर्चामा रहने गर्छन् ।

प्रकाशित : 26 February 2025 2:06 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !