कुलमानको अधिकार कटौती गर्ने ऊर्जामन्त्री खड्काको तयारी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अधिकार कटौती गर्ने ऊर्जामन्त्री दिपक खड्काले तयारी गरेका छन् ।

मन्त्री खड्का प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउन हरसम्भव प्रयास गरे । तर हटाउन सकिरहेका छैनन् । सोही कारण मन्त्री खड्काले अब कुलमानले पाएको अधिकार कटौती गर्न ‘नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, सर्त नियमावली २०७५’मा संशोधन गर्न लागेको स्रोतले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ कर्मचारी सरुवा, बढुवादेखि काजमा खटाउने सम्पूर्ण अधिकार पाएका छन् । तर अब सो अधिकार मन्त्री खड्का आफू मातहत राख्न खोजेका छन् ।

कुलमानको अधिकार कटौती गर्नेगरी प्राधिकरणको कर्मचारी विनियमावली संशोधनको मस्यौदा तयार पार्न मन्त्री खड्काले आफूले प्राधिकरणको संचालक नियुक्त गरेका बलबहादुर पराजुलीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले नियमावली संशोधनको मस्यौदा मन्त्री खड्कालाई बुझाइसकेको छ ।

 

प्रकाशित : 26 February 2025 5:55 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !