राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले ४५ दिने अभियान सञ्चालन गर्ने


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताए । उनले संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताए ।

पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।

उनले भने, ‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन बिस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको छ। यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्‍याइनेछ ।’

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताए । उनले विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गरे ।

प्रकाशित : 27 February 2025 5:08 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !