खानेपानी संस्थानलाई नाफामा ल्याएरै छाड्ने मन्त्री यादवको दावी


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानलाई नाफामा ल्याएरै छाड्ने बताएका छन् ।

बिहीवार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संस्थान अहिले कोमामा छ, नाफामा ल्याएरै छाड्छु ।’

उनले खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भनेर सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले जायज कामहरुका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए ।

पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु सर्वसाधारणले गर्ने गरेको भए पनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।

मन्त्री यादवले खानेपानी सेवा महशुल दरमा पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता रहेको बताए ।

मन्त्री यादवले भने, ‘नेपाल खानेपानी संस्थान करिब ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महशुल दरमै चलिरहेको छ। पानीको गुणस्तर र परिमाण वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता पनि हो ।’

प्रकाशित : 27 February 2025 5:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !