माओवादीको तराई–मधेश अभियानमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादव पनि देखिए


सप्तरी । नेकपा माओवादी केन्द्रकको ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’मा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव पनि सहभागी भएका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि देखिए । अतिथिका रुपमा सहभागी उनले पनि आफ्ना भनाइ राखे । उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापक दल भन्दै माओवादीको प्रशंसा गरे ।

उनले गणतन्त्रको संस्थापक भएका नाताले यो व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि माओवादीले नै पहल लिनुपर्ने जिकिर पनि गरे । मुलुकलाई समाजवादमा लैजान खोजिए पनि आर्थिक विभेद अझै कायम रहेकाले यसमा गहिरो ध्यान ध्यान जानुपर्ने उनको भनाई थियो ।

राजविराजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीसँग एकताको निर्णय गरेका नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादवले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित : 28 February 2025 4:52 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !