अध्यादेश पास गर्न विचौलियाहरु करोड, अर्ब दिन तयार छन् : उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश पास गराउन सरकारले सांसद खरिद गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टीले शुक्रबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘सरकार विचौलियासँग मिलेर अहिले सांसद खोज्दै हिँडेको छ । अध्यादेश पारित गर्नका लागि विचौलियाहरूले करोड, अर्ब दिन तयार रहेको आफूले सुनेको छु ।’

कृषि उत्पादन बढाउने, गरिबी, बेरोजगारी हल गर्नेतिर सरकारले ध्यान नदिएको तर माफिया, विचौलियासँग मिलेर तीनका पैसा लिने, पार्टी फुटाउने र अहिले सांसद खोज्दै हिँडेको अध्यक्ष यादवको भनाई थियो ।

उनले वैज्ञानिक बाटो अपनाएर रियल सुकुम्बासीको समस्या अन्त्य गर्नुपर्ने बताए । आफन्तलाई जग्गा बाँडेर सुकुम्बासीको समस्या समाधान नहुने भन्दै अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह समेत गरे ।

प्रकाशित : 28 February 2025 5:37 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !