सिरहाको हुलाकी सडकमा प्रचण्डको मोर्निङवाक, पछि पछि एम्बुलेन्स !


सिरहा । तराई-मधेस जागरण अभियानको क्रममा सिरहाको भगवानपुर आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्निङ वाक गरेका छन् ।

अध्यक्ष प्रचण्ड नेता कार्यकर्तासहित भगवानपुर चोकदेखि बलान नदीसम्म मोर्निङ वाक गरेका हुन् । उनी मोर्निङ वाक गर्दा एम्बुलेन्स स्ट्याण्डवाई राखिएको थियो ।

मोर्निङवाक गरेर चोक फर्किएपछि प्रचण्डले न्यू बालासुन्दरी कोल्ड सेन्टरमा चिया खाए । उनले स्थानीयसंग भेटघाट तथा भलाकुसारी समेत गरेका छन् ।

हेर्नुहोस् फोटोहरु :

 

प्रकाशित : 1 March 2025 7:03 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !