धनुषामा श्रीमानले श्रीमतीलाई मारेर घरमै गाडेको अबस्थामा शव फेला


जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ का एक पुरुषले श्रीमतीलाई हत्या गरेर घरमै गाडेको अबस्थामा शव फेला परेको छ ।

स्थानीय हरेराम यादवकी ३० वर्षीया श्रीमती अंजलीदेवी यादवको शव घरमै गाडेको अबस्थामा फेला परेको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले अंजलीको शव उत्खनन गरी पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको जानकारी दिए ।

उनका अनुसार अंजलीलाई उनकै श्रीमान हरेरामले हत्या गरेको खुलेको छ । हरेराम १० वर्षीया छोरीलाई लिएर फरार भएका छन् ।

हरेरामले श्रीमतीको हत्या कहिले गरेको खुलेको छैन् । घरमा गाडेको शव गन्हाउन थालेपछि स्थानीले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थलमा प्रहरी पुगेर शव उत्खनन गरेको बुझिएको छ ।

प्रकाशित : 1 March 2025 3:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !