सिमा क्षेत्रका जनतासँग मातृका यादवले मागे माफी


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले मधेशको सिमा क्षेत्रका जनतासँग माफी मागेका छन् ।

‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत शनिवार सिरहामा आयोजित खबरदारी समाभा नेता यादवले जनतासँग माफि मागे । उनले भने, ‘तपाईहरुको कहाँ नसुनेको हुनसक्छ । यदि हामीबाट गल्ती भएको छ भने पार्टीको तर्फबाट म आत्मआलोचित हुन चाहन्छु ।’

उनले अब हुलाकी मार्ग केन्द्रीत अभियान चलाउने र हरेक जनताको सुखदुखमा साथ रहने प्रतिवद्धता समेत जनाए । उनले घरघरमा जाने र माओवादीको संगठन बनाएर ०८४ सम्म विशाल बहुमत खडा गर्छु, तपाईहरुको माया पाएर । त्यसपछि मात्र सबैको कल्याण हुन्छ ।’

नेता यादवले कमला पुल सञ्चालनमा नआउँदै भासिनुमा ठेकेदार मात्र नभएर सरकार र डिजाइन तथा स्टिमेट गर्ने इन्जिनियरहरु समेत दोषी रहेको जिकिर गरे । उनले भ्रष्टाचारी सबैलाई जेलमा हाल्नुपर्ने बताए । उनले भने, ‘प्रचण्डले सबै भ्रष्ट नेताहरुलाई जेलमा हाल्न खोज्दा सरकार ढालियो ।’

प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार ०७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ