जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आइतबारदेखि बैठक बस्न लागेको हो । प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक फागुन २० सम्म चल्ने छ ।

‘बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुनेछ,’ उनले भने ।

उक्त बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहने बस्नेतले बताए ।

प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ