सप्तरीमा अबैध गोदाममा प्रहरीको छापा- २४ क्विन्टल गाँजा, स्याउ र हार्डवेयरका समान बरामद


लहान । सप्तरी प्रहरीले राजबिराज नगरपालिका ९ मलेठस्थित गोदाममा छापा मारेर ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ ।

नाम नखुलेको व्यक्तिको घर (गोदाम)बाट २४ क्विन्टल १९.५ किलोग्राम गाँजा, १४२ कार्टुन स्याउ र हार्डवेयरको सामानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोदाम घरमा अबैध सामानहरु रहेको गोप्य सूचनाको आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकसहितको टोली छापा मार्न पुगेको थियो ।

प्रहरीका अनुसार उक्त गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको थियो । कम्पाउण्डभित्र खाली जग्गामा रहेको को १ ख ५२१५ नम्बरको ट्रक र ना ५ ख ५९५१ नम्बरको ट्रकमा पल्टि गर्दै गरेको अवस्थामा १४२ कार्टुन स्याउ रहेको, ताल्चा लगाएको सोहि गोदाम घर भित्र २४ क्विन्टल १९.५ किलोग्राम लागू औषध गाँजा र हार्डवेयको सामानहरु फेला परेको छ ।

गोदाम परिहलबाट BR0JB9735 नम्बरको सेतो स्कार्पियो र WB74AM1558 नम्बरको मारुती सुजुकी कार खाली अवस्थामा समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 4 March 2025 9:31 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !