लोसपाले भरत साहलाई तोक्यो रौतहट संयोजक


रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रौतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरिएको छ ।

लोसपाको अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरेको हो । पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी तोकेका छन् ।

साह जिल्ला सदरमुकाम गौरका स्थायी बासिन्दा हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका १ का वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : 4 March 2025 11:03 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !