अब सवारी लाइसेन्स पाउन कक्षा ८ पास हुनुपर्ने, नविकरण अबधि १० वर्ष रहने !


काठमाडौं । अब कक्षा ८ पास गरेका व्यक्तिले मात्र मोटरसाइकल वा अन्य सवारीका लागि चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ अनुसार अब कक्षा ८ पास नगरेका व्यक्ति सवारी साधनको लाइसेन्सका लागि अयोग्य ठहरिनेछन् ।

यसअघि व्यावसायिक लाइसेन्सका लागि शैक्षिक योग्यता तोकिएको थिएन ।

यस्तै १८ वर्षभन्दा कम उमेर भएका व्यक्ति पनि नयाँ ऐन अनुसार सवारी साधनको लाइसेन्सका लागि अयोग्य ठहरिनेछन् । यसअघि १६ वर्ष पुगेपछि साना र तीन पाङ्ग्रे सवारीको लाइसेन्स पाइन्थ्यो ।

प्रस्तावित विधेयकमा ठूला सवारीको लाइसेन्स पाउन २३ वर्ष मझौला सवारीको लाइसेन्स पाउन २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।

यससँगै, सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि पनि पाँच वर्षबाट बढाएर १० वर्ष तोकिएको छ ।

प्रकाशित : 4 March 2025 3:05 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !