मोरङमा एउटै रुखमा महिला र पुरुष मृत फेला, महिलाको श्रीमान बिदेशमा !


मोरङ । पथरीशनिश्चरे नगरपालिका ५ स्थित‌ मौलिबारीमा एउटै रुखमा झुण्डिएको अबस्थामा महिला र पुरुष मृत फेला परेका छन् ।

मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए ।

२२ वर्षका अजय टुडू र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए ।

घटना भएको करिब १ किलोमिटर दक्षिणमा अजयको घर छ । मृत फेला परेकी जुबामुनी र पति कान्छा टुडूका डेढ वर्षका छोरा छन् ।

अजयका २ र ४ वर्षका दुई छोरा छन् । अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घर लिएर आएको खुलेको छ ।

अजयको घरमा खाना खाएर राति नै उनीहरु निस्किएका थिए । यसअघि पनि उनीहरुको आउजाउ हुने गरेको पाइएको छ ।

मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको खड्काले बताए ।

दुवै विवाहित रहेको र दुवैका सन्तान समेत रहेको खड्काले बताए । महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको पनि खड्काले बताए ।

अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रकाशित : 4 March 2025 3:56 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !