देशको नेतृत्व थारु र मधेसीको छोराछोरीले गर्न पाउनुपर्छ : जनार्दन शर्मा


कैलाली । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले मुलुकको नेतृत्व गर्ने अवसर थारु र मधेसी नागरिकले पाउनुपर्ने बताएका छन् ।

कैलालीको टिकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले थारु समुदायको जनयुद्ध र नेतृत्व निर्माणमा ठुलो योगदानको रहेको भन्दै देशको नेतृत्व गर्न पाउनु पर्ने बताएका थिए । उनले कार्यकारी स्थानमा यो समुदायलाई पुराउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

उपमहासचिव शर्माले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री थारु समुदायबाट बनाउन नसकेको भन्दै आत्मालोचना गरेका थिए ।

‘हामीले यो प्रदेशमा थारु मुख्यमन्त्री बनाउन सकेनौँ । हामी आत्मालोचना गर्न चाहन्छौँ , आगामी दिनमा यो सुदूरपश्चिम प्रदेशमा थारु नेताले मुख्यमन्त्री भएर यहाँको शासन सत्ता चलाउने र पहिचानसहितको सङ्घीयता लागू गर्ने अवस्था हुनेतर्फ राष्ट्रिय मुक्ति मोर्चाले ध्यान दिनु पर्छ ’ उनले भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा संविधान जारी भएको दाबी गर्दै उनले अझै पहिचानसहितको संविधान निर्माण गर्न सङ्घर्ष गर्न बाकी रहेको बताएका थिए । ‘संविधानलाई समाप्त गर्ने खोल हुँदै छ त्यसका विरुद्ध फेरी सङ्घर्ष गर्नु पर्ने हुनसक्छ । त्यो सङ्घर्ष शान्तिपूर्ण हुने छ’ उनले भनेका थिए ।

प्रकाशित : २०८१ फाल्गुन २१, बुधबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ