मोदी नेपाल आउने ! निम्तो दिन दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । उनलाई निम्तो दिन परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जान लागेकी हुन् ।

नेपालमा हुन लागेको सगरमाथा संवाद कार्यक्रमका लागि मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी छन् । उनले मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह पनि गरेकी छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले परराष्ट्रमन्त्रीसँगको भेटका लागि समय मिलाइ दिन मंगलबार भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरिएको छ ।

यससँगै नेपालको तर्फबाट अप्रिल २ देखि ३ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको स्रोतले बताएको छ ।

प्रकाशित : २०८१ फाल्गुन २१, बुधबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ