प्रचण्डलाई मटिहानीका मेयर मण्डलको भव्य स्वागत, उपहारमा मखान !


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मटिहानीका मेयर हरि प्रसाद मण्डलले भव्य स्वागत गरेका छन् ।

तराई-मधेश जागरण अभियानका क्रममा माओवादी अध्यक्ष प्रचण्डसहितका नेता महोत्तरीमा छन् । अध्यक्ष प्रचण्डको स्वागत तथा सम्मानका लागि मेयर मण्डलले कार्यक्रम नै आयोजना गरेका थिए ।

मेयर मण्डल लोसपाबाट निर्वाचित छन् । यद्पी उनले अध्यक्ष प्रचण्डलाई दोसल्ला र माला लगाएर सम्मान गरे । साथै मिथिला क्षेत्रको प्रसिद्ध एवं मटिहानीको स्थानीय उत्पादन मखाना समेत उपहार दिए ।

प्रकाशित : २०८१ फाल्गुन २२, बिहीबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ