सप्तरीमा विद्यालयमै छात्रालाई यौन दुर्व्यवहार गर्ने धनुषाका शिक्षक पक्राउ


सप्तरी । सप्तकोशी नगरपालिका २ स्थित गौवर्द्धन बैरागी जनता माध्यमिक विद्यालयभित्रै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक  शिक्षक पक्राउ परेका छन् ।

धनुषा सवैला नगरपालिका १२ घर भई हाल सप्तरीको सप्तकोशी नगरपालिका २ बस्दै आएका ३३ वर्षीय रमेशकुमार राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका शिक्षक राउतलाई विद्यालयबाटै पक्राउ गरिएको हो । प्रहरीका अनुसार १६ वर्षीया छात्रालाई ‘कञ्चनपुर २०८१/८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो ।

राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन् । उनले छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरु पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो ।

प्रकाशित : २०८१ फाल्गुन २२, बिहीबार २०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ