बेरोजगारलाई प्रधानमन्त्री ओलीले भने- आफैं रोजगारी सिर्जना गर्न लाग्नुस्


वीरेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारहरुलाई आफैं रोजगारी सिर्जना गर्न सुझाव दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिए । उनले विद्यार्थीहरूले आफू केमा अगाडि बढ्न सक्छु भन्ने लागेको छ त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामी बेरोजगार भयौं भनेरमात्र हुँदैन । आफैं रोजगारी सिर्जना गर्न लाग्नुस । विश्वविद्यालयले तपाईँलाई ज्ञान हासिल गर्न सहयोग गरिसक्यो । अब तपाईँहरूले आफूले सिकेको ज्ञानलाई व्यवहारिकरूपमा उतार्न कोसिस गर्नुस् । सरकार तपाईँहरूको साथमा छ । तपाईँहरूको प्रयासमा हामी साथ दिनेछौं ।’

उनले विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूका अभिभावकको लगानी, सपना, अपेक्षा सबै पूरा भएको बताए ।

उनले हरेक अभिावकहरूले चाहना आफ्ना सन्तानहरूको सफलता रहेको बताउँदै त्यस सफलता हासिल गर्ने सबै विद्यार्थीहरूलाई पनि बधाइ दिए । शुक्रबार भएको तेस्रो दीक्षान्त समारोहमा तीन व्याचका ३ हजार ८ सय ४१ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।

प्रकाशित : २०८१ फाल्गुन २३, शुक्रबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ