ज्ञानेन्द्र शाहलाई म चाहिँ राजा नै भन्छु : शेखर कोइराला


झापा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्ता सुम्पिनुपर्ने भन्दै देशभर आन्दोलन भइरहेको बेला नेपाली काँग्रेसका शीर्ष नेता शेखर कोइरालाले पनि आन्दोलनमा बल पुग्ने अभिव्यक्ति दिएका छन् ।

झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय प्रचलन अनुसार पूर्वराजा शाहलाई आफूले राजा नै भन्ने गरेको छु ।’

उनले भने, ‘हामी चाहिँ पूर्व भन्छौं । तर अमेरिकामा जानुभयो भने अघिल्ला राष्ट्रपतिहरूलाई पनि ‘मिस्टर प्रेसिडेन्ट’ नै भन्ने गरिएको छ ।’

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर नेपाल आएका बेला पनि ‘मिस्टर प्रेसिडन्ट’ भनिएको उनले बताए । आफूले पूर्वराजा शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिन उनले आग्रह गरे ।

कोइरालाले भने, ‘नेपालमा अन्य अर्थ लगाइदिने चलन छ । तपाईंहरूले अन्यथा नसोचिदिन आग्रह गर्दछु ।’

प्रकाशित : २०८१ फाल्गुन २३, शुक्रबार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ