रौतहट पुग्यो माओवादीको अभियान, गरुडामा प्रचण्डको मोर्निङवाक


रौतहट । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान रौतहट पुगेको छ ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाहीहुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो ।

माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको नेतृत्वमा चलिरहेको यो अभियानका टोली गएराति गरूडामा बास बसेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले गरुडा नगरपालिकामा आज मर्निङवाक गरे । मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । 

प्रकाशित : २०८१ फाल्गुन २४, शनिबार ०८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ