रौतहटमा ‘घुमुवा प्रहरी हुँ’ भनेर रकम उठाउने नक्कली प्रहरी पक्राउ


जनकपुरधाम । ‘घुमुवा प्रहरी हुँ’ भनेर डरत्रास देखाएर रकम असुली गर्दै हिडेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकै गरुडा नगरपालिका ८ बिर्ताका ४४ वर्षीय शेख सदरे आलम छन् । उनलाई शुक्रबार प्रहरी चौकी विर्ताले पक्राउ गरेर कारबाही अगाडी बढाएको छ ।

प्रहरीका अनुसार आलमले जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरुको मलखाद रोकी विभिन्न डरत्रास देखाई पैसा असुल्ने गरेका थिए ।

प्रकाशित : २०८१ फाल्गुन २४, शनिबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ