पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न काठमाडौंमा १० हजार समर्थक भेला हुने !


काठमाडौं । फाल्गुन २५ अर्थात् भोली (आइतबार) काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गर्ने र राजतन्त्र फर्काउने घोषणा समर्थकहरुले गरेका छन् ।

राजावादी दुर्गा प्रसाईंले फाल्गुन २५ मै गणतन्त्र समाप्त पार्ने र राजतन्त्र पुनर्स्थापना गर्ने घोषणा गरेका हुन् । त्यसका लागि प्रसाईं र राप्रपाले समर्थकहरुलाई काठमाडौंमा भेला हुन अपिल गरेका छन् ।

पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने छन् । उनको स्वागतका लागि ठूलो मास देखाउने तयारीमा  प्रसाईं, राप्रपा र राजतन्त्र पुनस्थापना पक्षधरहरूले तयारीमा जुटेका छन् ।

राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको छ । राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलालाई व्यवस्थित बनाउने गृह मन्त्रालयले पनि आवश्यक रणनीति  बनाउन जुटेको बुझिएको छ ।

पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।

राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको आवास ठूलो भइरहेको अवस्थामा भारतको अतिवादी समूह राष्ट्रिय स्वयंसेवक संघले पनि नेपालमा आफ्ना गतिविधि विभिन्न माध्यमबाट अघि बढाएको स्रोतको दाबी छ ।

प्रकाशित : २०८१ फाल्गुन २४, शनिबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ