पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किदै, शक्ति प्रदर्शनको तयारी


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किँदैछन् । उनी फर्किने तयारीमा रहँदा राजावादीहरू भने सक्रियतासहित उनलाई दरबार (निर्मलस्थान) प्रवेश गराउने घोषणा  गरेका छन् ।

ज्ञानेन्द्रलाई ठूलो जमातले सहजीकरण गर्दै निवास लैजाने तयारी गरेको छ । उनीहरूले राजसंस्थाको मागसहित शक्ति प्रदर्शन पनि गर्ने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालसहितका दल र संस्थाहरूले राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।

उनीहरूले आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ। त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही र राजावादी दुर्गा प्रसाईंले पूर्वराजालाई स्वागत गर्न आज दिउँसो १ बजे विमानस्थल पुग्न सबैलाई अनुरोध गरेका छन् ।

यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।

कस्तो छ राजधानीको सुरक्षा तयारी ?

काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी सरकारले गरेको छ । नेपाल प्रहरीले १० हजार मानिस प्रदर्शनमा उत्रने अनुमान गरेको छ । सबै प्रकारका सुरक्षाकर्मी तैनाथ बनाउने सरकारको तयारी छ।

प्रकाशित : २०८१ फाल्गुन २५, आईतवार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ