गोविन्दे हात्तीको आक्रमणबाट महतोको ज्यान गयो


चितवन । जङ्गली हात्तीको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको ज्यान गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार हात्तीको आक्रमणबाट खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका ७ मा बस्दै आएका ३५ वर्षीय सुरेश महतोको ज्यान गएको हो ।

रत्ननगर ७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार जंगली हात्ती गोविन्देले आक्रमण गरेको थियो । महतोको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रकाशित : 9 March 2025 9:26 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !