पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गर्न मनिषा कोइरालाको अपिल


काठमाडौं । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले पोखराबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न अपिल गरेकी छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई आज दिउँसो अन्तराष्ट्रीय विमानस्थलमा भव्य स्वागत गर्ने राजावादीहरुले तयारी गरेका हुन् । स्वागत गर्न ठूलो संख्यामा समर्थक भेला हुने आकलनपछि सुरक्षाकर्मी हाईअलर्ट छ ।

अभिनेत्री कोइरालाले पनि पूर्वराजा ज्ञानेन्द्रलाई सरकार भन्दै सामाजिक संजालमा स्टाटस लेख्दै भव्य स्वागत गर्न अपिल गरेकी छन् ।

उनले लेखेकी छन्- आदरणीय आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमांंडु सवारी हुँदै छ, सरकारको भब्य स्वागत गरौं ।

प्रकाशित : 9 March 2025 11:49 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !