विमान चार्टर गरेर पूर्वराजा शाह पोखराबाट काठमाडौँ फर्किँदै


पोखरा । विभिन्न कार्यक्रममा सरिक हुन पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठामाडौँ फर्किँदै छन् । दिउँसो साढे दुई बजे उनी चार्टर विमानमार्फत काठमाडौँ फर्कन लागेका हुन् ।

नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले शाहलाई पोखरा ल्याएको थियो । पोखरामा रहँदा उनले राजा वीरेन्द्रको शालिक अनावरण गरे ।

यस्तै स्याङजामा रहेको आलमदेवी मन्दिर दर्शन गर्न पनि पुगेका थिए । जुन शाहवंशीय कल मन्दिरको रुपमा परिचित छ ।

त्यस्तै, पोखराको विन्ध्यावासिनी मन्दिर, केदारेश्वर महादेव मन्दिरको दर्शनमा शाह पुगेका थिए।बागलुङको कालिका मन्दिरको पनि दर्शनमा उनी पुगेका थिए ।

माघ २७ गते उनी परिवारका सदस्यसहित पोखरा आएका थिए ।

प्रकाशित : 9 March 2025 1:27 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !