पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि विमानस्थल क्षेत्रमा उर्लिए समर्थक


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विमानस्थल क्षेत्रमा समर्थक उर्लिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट विमान चार्टर्ड गरी काठमाडौं फर्किन लागेका हुन् । विमानस्थलमा उनको भव्य स्वागत गर्ने राजावादीहरुले गरेको घोषणा अनुसार समर्थकहरु उर्लिएका छन् ।

राजसंस्था पक्षधरहरूको आन्दोलन तथा प्रदर्शनका कारण अप्रिय स्थिति हुन सक्ने भन्दै सुरक्षा निकायहरूले पनि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका छन् ।

तस्बिरहरू :

 

प्रकाशित : 9 March 2025 2:49 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !