गोलबजारका इन्सपेक्टर साह आफैं असुली धन्दामा, घुसमा आइफोन !


सिरहा । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (ईन्सपेक्टर) गोविन्द प्रसाद साह आफै असुली धन्दा चलाएको आरोप लाग्न थालेको छ ।

इन्सपेक्टर साहले लहानका पंकज साहसंग ३५ हजार नगद र आइफोन १४ पनि हात पारेको रहस्य खुलेको छ । गत माघ २९ गते पंकजलाई ईन्सपेक्टर साहले फोन गरेर इलाका प्रहरी कार्यालयमा बोलाए । पंकज हाजिर हुन आए । आउनासाथ पंकजलाई थुनियो । एक युवतीको तस्विर बिना अनुमति टिकटकमा अपलोड गरेको कारण ती युवतीले पंकजविरुद्ध ठाडो निवेदन दिएकी थिइन् । तर तस्बिर अश्लिल वा आपत्तिजनक थिएन ।

स्रोतका अनुसार पंकज साहलाई साइवर अपराधमा हालिदिन्छु भनेर प्रहरी निरीक्षकले रिहाईका लागि ५० हजार घुस मागे । पंकजका पिताले ईन्सपेक्टर साहलाई ३५ हजार घुस दिएर दिए र छोरालाई रिहा गराई लगे । पंकज साहको आइफोन १४ प्रोम्याक्स ईन्सपेक्टरले खोसेर आफूसँग राखेका छन् । फिर्ता दिएनन् । कतै कुरा चुहाएमा पुन: थुनेर मुद्दा लगाइ दिने डर धम्की दिइएको छ ।

यस विषयमा प्रहरी निरक्षिक साहसँग सोध्दा उनले भने पक्ष/विपक्ष दुबै थरीलाई राखेर मिलापत्र गराएर पठाएको बताए । उनले तस्बिर मेटाएर आइफोन फिर्ता दिइएको पनि दावी गरे । घुस रकम नलिएको पनि उनले जिकिर गरे ।

तर इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सुत्रले नाम उल्लेख नगर्ने सर्तमा इन्सपेक्टर साहले मोवाइल फिर्ता नदिएको र ३५ हजार घुस लिएको बताएका छन् । त्यसैगरी पीडित पक्षले पनि ३५ हजार घुस दिएको स्वीकार गरेका छन् ।

ईन्सपेक्टर साहले पंकजबाट मात्र होइन्, अनेक धाकधम्की देखाएर कैयौं व्यक्तिसंग घुस उठाएका छन् । उनले गोलबजारमा असुली धन्दालाई तीव्र बनाएका हुन् ।

रामएकवाल गिरिकी आमा र पत्नीले हाट बजारमा कपडा बेच्छिन् । उनको चार पोका कपडा समातेर थानामा पु-याइयो र २० हजार रकम लिएर छोडियो । त्यसैगरी गत साता एक जना माछा व्यापारीको माछा भारतबाट ल्याएको भनि समातेको र २० हजार घुस लिएर छाडेको पीडित माछा व्यापारीले बताए । उनको माछाको हण्डी नै इलाका प्रहरी कार्यालय गोलबजारको प्राङ्गनमा घोप्ट्याएर बर्बाद पार्न खोजे पछि माछा व्यापारीले २० हजार दिन बाध्य भएको थियो ।

प्रहरी निरीक्षक साहले भन्सार चोरी पैठारी गर्ने ब्लेकियाहरुसँग पनि महिनाबारी उठाउँछन् । उनले गोलबजारस्थित होटल मनुज र होटल आनन् (होटलको नाम परिवर्तन)बाट मासिक ५०/५० हजार रकम लिएर देहव्यापार गर्ने गराउने छुट दिएका छन् । उनले हाटलबाट रकम लिंदा जिल्लालाई पनि दिनुपर्ने भन्दै असुल गरेको एक प्रहरी जवानले बताए ।

इन्सपेक्टर साहले गोलबजारका एक कपडा पसलबाट रकम मागेको र नदिंदा उनको पसलको छेउमै प्रहरीका एक जवानलाई दुई हप्तासम्म ड्युटी खटाएर मानसिक तनाव दिएको पीडित व्यापारीको गुनासो छ ।

प्रहरी निरीक्षक साहको असुली आचरणबाट गोलबजार क्षेत्रमा त्राही त्राही फैलिएको छ । शान्ति सुरक्षाको अवस्था खल्बलिएको स्थानीय बताउँछन् ।

प्रकाशित : 10 March 2025 11:43 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !