पर्सा सिडिओ अफिसमै साहद्वारा आत्मदा*हको प्रयास, प्रहरी मिटरब्याजीसंग मिलेको आरोप


जनकपुरधाम । पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस)मै एक मिटरब्याज पीडितले आत्मदाह गर्ने प्रयास गरेका छन् ।

बाराको पचरौता नगरपालिका ४ घर भई हाल वीरगञ्ज २४, रामगढवामा बस्दै आएका करिब ६० वर्षीय बृजकिशोर प्रसाद साहले प्रशासन कार्यालयमै आत्मदाहको प्रयास गरेका हुन् ।

न्याय नपाएको गुनासो गर्दै साहले विषादी सेवन गर्नुका  साथै शरीरमा पेट्रोल छर्केर आत्मदाहको  प्रयास गरे । शरिरमा आगो लगान खोज्दा देखेका सशस्त्र प्रहरीले रोकेका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साहलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिए । उनका अनुसार साहको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएको छ ।

घटनास्थलमा पीडित साहले लेखेको पत्र भेटिएको छ । जसमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको थिएँ । तर, जब मैले पैसा तिर्न खोजेँ, पीडकले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको छ । प्रहरी पनि उनकै पक्षमा देखिएको छ । त्यसैले आत्मदाहको बाटो रोज्न बाध्य भएँ ।’

प्रकाशित : 10 March 2025 3:53 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !