परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, बाबाधाममा पूजापाठ गर्ने !


काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमवार भारत प्रस्थान गरेकी छन् ।

मन्त्री राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाम पुग्ने कार्यक्रम छ । त्यहाँ उनले पूजाआजा गर्ने छिन् ।

मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् ।

भारतको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ। सो कार्यक्रमलाई मन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै यही भ्रमणकै क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फ्लोअप पनि गराउने बुझिएको छ ।

प्रकाशित : 10 March 2025 4:45 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !