राजावादीसंग तर्सिए सरकार ! काठमाडौंमा दुई महिनाका लागि निषेधाज्ञा


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ ।

आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र समर्थनमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रेका थिए । अगामी दिनमा राजावादीको प्रदर्शन अझ तीब्र हुने आकलन गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताइएको छ ।

प्रकाशित : 10 March 2025 6:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !