सीके राउतको दोहोरो चरित्र- गणतन्त्रको रक्षा पनि गर्ने, नौलो गणतन्त्र पनि ल्याउने !


जनकपुरधाम । जनमत पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयले अध्यक्ष सीके राउतको दोहोरो चरित्र उजागर भएको छ ।

महोत्तरीको बर्दिबासमा जनमतको दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नेसहितको १२ बुंदे निर्णय गरेको छ ।

निर्णयको बुंदा नम्बर ६ मा भनिएको छ, ‘देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तयार राख्ने निर्णय गरियो ।’

तर निर्णयको बुंदा नम्बर १० मा समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ नै हुने भनिएको छ । र, त्यसको लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमहरूको आयोजना गरेर माहौल निर्माण गर्ने निर्णय गरिएको उल्लेख छ ।

अब प्रश्न उठ्छ- सीके राउतले गणतन्त्रको रक्षा गर्छन् कि नौलो गणतन्त्रका लागि संघर्ष गर्छन् ? विगतमा स्वतन्त्र मधेसको सपना देखाएर मधेसी जनतालाई ठगेका उनले अझै पनि जनतालाई दोधारमा राखेको देखिन्छ ।

प्रकाशित : 10 March 2025 8:02 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !