पूर्वराजा र ओली-देउवा गठबन्धनबीच भित्रिरुपमा एकता देखियो : शर्मा


जनकपुरधाम । जनता समाजवादी पार्टी ( जसपा) नेपालका महासचिव रामकुमार शर्माले पूर्वराजा र ओली-देउवा गठबन्धनबीच भित्रिरुपमा एकता गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘समानुपातिक निर्वाउन प्रणालीका कारण देशमा अस्थिरता आयो’ अभिव्यक्ति दिएपछि जसपा नेपालका महासचिव शर्माले यस्तो आरोप लगाएका हुन् ।

देउवाको अभिव्यक्तिको समाचार सामाजिक संजाल फेसबुकमा शेयर गर्दै जसपा नेपालका महासचिव शर्माले लेखेका छन्, ‘संघीयता र समानुतिक समाप्त गर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाह र ओली/देउबा गठबन्धनबीच भित्रिरुपमा एकता देखियो !’

उनले संघीयता र समानुपातिक पक्षधर शक्तिहरुले ढिला नगरी इटको जवाब पत्थरले फर्काउने दिशामा तत्काल अगाडी बढनुपर्न पनि उल्लेख गरेका छन् ।

प्रकाशित : 11 March 2025 10:42 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !